काटमाडाै । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।
करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको बताइएको छ ।

फ्याक्ट सञ्चार । २०८२ भाद्र २४ गते मङ्गलवार