काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले जेनजीलाई वार्तामा आउन अपिल समेत गरेका छन् ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।

फ्याक्ट सञ्चार । २०८२ भाद्र २४ गते मङ्गलवार