काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निरवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।
२०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।

फ्याक्ट सञ्चार । २०८२ माघ ७ गते मङ्गलवार