सुर्खेत–२ मा कांग्रेस–एमालेको ‘कोर एरिया’मै रास्वपाको दबदबा

सुर्खेत । सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश कुमार सापकोटाले फराकिलो अग्रता कायम राख्दै जिततर्फ अघि बढेका छन् । कांग्रेस र एमालेले आफ्नो ‘कोर एरिया’ मान्दै आएका क्षेत्रबाट समेत सापकोटाले अग्रता लिएपछि उनको जित लगभग निश्चित देखिएको छ ।

पछिल्लो मतगणना परिणामअनुसार रास्वपाका उम्मेदवार सापकोटाले २२ हजार ८१८ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नारायणकुमार कोइरालालाई १० हजार २३० मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन् । नेपाली कांग्रेसका कोइरालाले हालसम्म १२ हजार ५८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले ९ हजार ९७७ मत ल्याएका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थामा रहेका सापकोटाले पछिल्लो समय कांग्रेस र एमालेले आफ्नो ‘कोर एरिया’ मान्दै आएका वडाबाट समेत बढी मत प्राप्त गरेपछि अग्रता झनै फराकिलो बनेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया