काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले बिहीबार सिंहदवारस्थित संसद भवनको बहुउद्देश्यी भवनमा अस्थायी रूपमा बनाइएको बैठक कक्षमा शपथ गराएका हुन् ।
शपथ ग्रहणमा जाँदा सांसदहरू आआफ्नो सांस्कृतिक झलक देखिने पोसाकमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि शपथ लिएका छन् । सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा विचाराधीन रहेकाले उनी शपथ ग्रहण गरे पनि निलम्बित सांसदका रूपमा रहनेछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले एकल बहुमत १८२ सिट जितेको छ । अब रास्वपाले भोलि नयाँ सरकार बनाउँदै छ । रास्वपाले आजै वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई संसदीय दलको नेतामा चयन गर्नेछ । त्यसपछि बालेन भोलि प्रधानमन्त्री बन्नेछन् ।

फ्याक्ट सञ्चार । २०८२ चैत्र १२ गते बिहिवार