सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित लाटिकोइली शिव मन्दिर परिसरमा लाटिकोइली पार्कको शिलान्यास गरिएको छ ।
आज वीरेन्द्रनगर नगरपालिकाको साझेदारी तथा यूनोप्स द्वारा सञ्चालित महिलामैत्री शहर र सुरक्षा तथा न्याय परियोजनाको सहयोगमानिर्माण हुन लागेको लाटिकोइली पार्कको शिलान्यास गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले शिलान्यास गर्दै पार्क निर्माणले वीरेन्द्रनगरको समग्र शहरी विकासमा नयाँआयाम थप्ने विश्वास व्यक्त गरेकी छन् । उनले विशेषगरी महिलाहरू, बालबालिका तथा सबै समुदायका नागरिकका लागि सुरक्षित, समावेशी र पहुँचयोग्य सार्वजनिक स्थलको अभावलाई सम्बोधन गर्न यो परियोजना महत्वपूर्ण हुने उल्लेख गरिन् ।

प्रमु ढकालले भनिन्, “सार्वजनिक स्थलहरू सबैका लागि समान रूपमा सुरक्षित र उपयोगी हुनुपर्छ। लाटिकोइली पार्क महिला–मैत्रीअवधारणामा आधारित रहेकाले यसले समाजमा सुरक्षा, समानता र सहभागिताको सन्देश प्रवाह गर्नेछ।”
उक्त पार्क महिला–मैत्री शहरी योजना, लैङ्गिक समानता, सार्वजनिक सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित निर्माणगर्न लागिएको शहरी योजनाकार सुगम गौतमले जनाए ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाज, युवातथा समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो प्रकृतिको पार्क निर्माणले महिलाहरूका लागिसुरक्षित रूपमा समय बिताउने, अन्तरक्रिया गर्ने, मनोरञ्जन लिने तथा सामाजिक सञ्जाल विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वासव्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले महिला–मैत्री पूर्वाधार निर्माण केवल भौतिक संरचनामा सीमित नभई सोच, नीति र व्यवहारमा पनिपरिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले पार्क व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चितगर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
नगरपालिकाका अनुसार पार्क निर्माण कार्य निर्धारित समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

फ्याक्ट सञ्चार । २०८३ बैशाख ६ गते आइतवार