काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पाण्डेले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ताको समय मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरेको छ।

फ्याक्ट सञ्चार । २०८३ असोज २० गते मङ्गलवार