काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। निर्वाचन समितिले मनोनयन दर्ताको समय मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरेको छ।

फ्याक्ट सञ्चार । २०८३ असोज २० गते मङ्गलवार