दशौँ राष्ट्रिय खेलकुद २०८३

महिला बास्केटबलका चार टोली फाइनलमा: दशौँ राष्ट्रिय खेलकुद

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत ५×५ र ३×३ विधाका फाइनल समीकरण पूरा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरू

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान सम्पन्न खेलबाट फुल कोर्ट (५×५) विधातर्फ त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा थ्री अन थ्री (३×३) विधातर्फ कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका हुन्।

फुल कोर्ट (५×५) विधाको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४४–२८ अङ्कले पराजित गरेको छ। त्यस्तै, एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अङ्कको फराकिलो अन्तरले हराएको छ। यससँगै नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।

त्यसैगरी, थ्री अन थ्री (३×३) विधातर्फ कर्णाली प्रदेशले एपीएफ क्लबलाई ११–१० अङ्कले तथा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अङ्कले पराजित गरेका छन्। यससँगै कर्णाली र आर्मी फाइनलमा पुगेका छन् भने एपीएफ र बागमती प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै विधाका फाइनलमा चार टोलीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

Social tagging: > > > > >



फेसबुकबाट तपाईको प्रतिक्रिया