नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो ४ मन्त्रीको नाम

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ ।

कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् ।

प्रमुख सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया