सुर्खेत । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ गते देखि २७ गते सम्मप्रदेश लिग फुटबल प्रतियोगितामा हुदैछ।
उक्त खेलमा हुन सहभागी हुन जुम्ली खेलाडी कर्णाली प्रदेश राजधानी सुर्खेतमा पुगेका छन्।
जुम्ला जिल्ला लिग २०८१ को खेलमा विजय हात पार्न सफल बिनायक एकिकृत क्लब चन्दननाथ ४ मालाभिडका खेलाडी अफिसियल सहित समग्र जुम्ला जिल्लाको प्रतिनिधित्व गर्दै सुर्खेत पुगेका हुन।
गत मंसिर २१ गते सुर्खेत पुगेका जुम्ली खेलाडीलाई सुर्खेत स्थित मार्सि ब्वाईज फुटसल टिम द्वारा मंसिर २२ गते स्वागत तथा सम्मान गरिएको फुटसल टिमका अभिभावक भरत रावतले बताए ।
जितको अग्रिम शुभकामना दिँदै मार्सि ब्वाईज फुटसल टिमका अभिभावक भरत रावत , ई. बीरेन्द्र बुढथापा लगायत कार्यसमितिका पदाधिकारी हरुले स्वागत तथा सम्मान गरेका छन्। प्रतियोगितामा भाग लिन सुर्खेत पुगेका जुम्ली खेलाडीहरुले खेल प्रेमी दर्शक हरुमा समर्थन गर्न अपिल गरेका छन्।
उक्त खेल कर्णाली प्रदेश राजधानी सुर्खेतमा अवस्थित प्रदेश रङ्गशालामा हुने भएको छ। दर्शकहरुले रङ्गशालामा निःशुल्क प्रवेश गर्न पाईने कर्णाली प्रदेश फुटबल संघले जानकारी दिएको छ। उक्त खेलमा आफुहरुलाई हौसला प्रदान गर्न रङ्गशालामै उपस्थित भईदिन जुम्ली खेलाडिहरुले आग्रह गरेका छन्।
फ्याक्ट सञ्चार । २०८१ मङ्सिर २३ गते आइतवार