शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता हुँदैन: गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शान्ति र सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न सुझाव दिएका हुन् ।

सुरक्षा निकायको ध्यान व्यक्तिको चरित्र हत्या गर्ने, जाति, धर्म र क्षेत्रको बीचमा दोष लगाउने खालको गतिविधि रोक्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । सरकारको स्थायित्व, मुलुकको स्थायित्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि केन्द्रीत हुन पर्ने उनको भनाइ छ ।

उनले मुलुकमा अस्थिरता आएपछि यो सरकार बनेका बताए । दुर्घटना, लागूऔषध, अपराधदेखि गिट्टी बालुवाको अवैध उत्खनन्‌समेत गृह मन्त्रालय मातहत जोडिने भएकाले यी विषयमा चनाखो भएर काम गर्न आवश्क रहेको छ ।

यस्तै मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टीकाटिप्पणी गर्ने अवस्था आएको बताए ।

संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान विरोधीले टिप्पणी गर्ने बाटो खुलेको उनको भनाइ छ । प्रदेशका सबै सुरक्षा निकायहरुसँग समन्वयात्मक ढंले काम भइरहेको भएपनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया