शान्तारानी परियार र करिष्मा शाही गोरेटोको न्यु एयर इभमा आउदैँ

सुर्खेत । सुर्खेतमा रहेको गोरेटो रेष्ट्रोले न्यु एयर इभको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका शान्तारानी परियार र मोडल करिष्मा शाही आउने भएका छन् ।

न्यु एयर इभमा सुर्खेतको वीरेन्द्रनगर ६ गोदामलाइनमा रहेको गोरेटो फ्याम्ली रेष्ट्रो एण्ड लाइभ म्युजिक बारमा “म त ढले ढले” गितकी गायिका शान्तारानी परियार, गायक मानब शाह र मोडल करिष्मा शाहीको बेजोड प्रस्तुति रहने भएको छ ।

पछिल्लो समय अत्यधिक चर्चामा रहेको गित “म त ढले ढले” कि गायिका शान्तारानी परियार र गायक मानव शाहसंगै चर्चित मोडल करिष्मा शाही अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न गोरेटोमा आउन लागेका हुन् ।

पौष १६ गते बेलुका ६ बजे देखि राती १२ बजे सम्म गोरेटोमा विशेष सांगितिक कार्यक्रम रहने गोरेटोले जनाएको छ ।

गोरेटोको अनुसार सांगीतिक कार्यक्रमको लागि जोडीको लागि १ हजार ५ सय र एकलको लागि १ हजार टिकट शुल्क राखिएको छ ।

कार्यक्रममा सुमधुर स्वरका धनी कवि गिरी लगायत स्थानिय कलाकार र गोरेटो ब्याण्डको प्रस्तुति पनि रहनेछ ।

कार्यक्रममा कर्णाली चिनाउने विभिन्न फोटो भिडिओ तथा अन्य सामाग्रीहरु पनि प्रस्तुत गरिने गोरेटो रेष्टुरेन्टले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया