सुर्खेत । सुर्खेत होराइजन एकाडेमीको आयोजनामा यहि जेठ ३ गते आइतवार निःशुल्क “करियर बुट क्याम्प” आयोजना हुने भएको छ । एसईई परीक्षा दिएका विद्यार्थीलाई सही करियर छनोटमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको सुर्खेत होराइजन एकाडेमी प्रधानाध्यापक अशोकराज खातीले जानकारी दिए ।
प्रधानाध्यापक खातीका अनुसार निःशुल्क “करियर बुट क्याम्प”मा कर्णाली प्रदेश भरीका एसईई दिएका इच्छुक विद्यार्थी र उनका अभिभावकहरु सहभागि हुन सक्ने बताए ।
उक्त कार्यक्रममा एसईई पछिका विद्यार्थी तथा अभिभावकलाई करियर सम्बन्धी परामर्श र मार्गदर्शन प्रदान गरिने आयोजक स्कुल सुर्खेत होराइजन एकाडेमीले जनाइएको छ । विद्यार्थीहरूमा “कुन विषय पढ्ने ?”, “भविष्यका लागि उपयुक्त करियर कसरी छनोट गर्ने ?” जस्ता अन्योल बढिरहेका बेला कार्यक्रम मार्फत सही सूचना, सुझाव र अनुभव आदानप्रदान गरिनेछ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको वृत्ति मार्गनिर्देशन सेवा केन्द्रको प्राविधिक सहयोग रहेको छ । करियर बुट क्याम्पले विद्यार्थीलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन तथा आफ्नो रुचि र क्षमता अनुसार सही शैक्षिक तथा पेशागत मार्ग छनोट गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

फ्याक्ट सञ्चार । २०८३ बैशाख २९ गते मङ्गलवार