कर्णालीमा ४ मन्त्री सहित एक राज्यमन्त्रीले लिए सपथ, शाहले गरे सपथ वहिस्कार

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् ।

सपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।

गत मंगलबार रनसिंह परिवारले सपथ लिएका थिए । उनलाई जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यस्तै राज्यमन्त्री गोपता विकले पनि शपथ लिएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएुका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन् ।

उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै सपथ ग्रहण वहिस्कार गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन् । आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमती भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया