काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दामा आज पेसी तोकिएको छ ।
जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको हो । यसअघि पटकपटक धकेलिएको मुद्दाको पेशी आजलाई सारेको थियो ।
सन्दीपले टी २० विश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारिखसम्म छ ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख २३ गते आइतवार