सुर्खेत । सुर्खेत महिला जेसीजको दुई दिने द्घोषणकला तालिम सम्पन्न भएको छ ।
सुर्खेत महिला जेसीजको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा न। ६ को आर्थिक सहयोगमा हिजो र आज दुई दिन द्घोषणकला तालिम सम्पन्न भएको हो ।
सुर्खेत महिला जेसीजका पदाधिकारी तथा वीरेन्द्रनगर नगरपालिका वडा न। ६ मा रहेका १५ वटा टोल विकास समितिका महिलाहरुको उद्घोषणकला क्षमता बढाउन यो तालिमको आयोजना गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।
महिलाहरुलाई कुनै पनि कार्यक्रम संचालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने साथै जस्तोसुकै कार्यक्रम पनि सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सुर्खेत महिला जेसिजकी अध्यक्ष मिना गुरुले जानकारी दिईन् ।
उद्घोषण कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक माया थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरि व्यक्ति क्रियाशिल हुनु पर्ने बताइन् । उनले तालिम दुई दिनको भए पनि प्रभावकारी भएको जनाईन् ।
उद्घोषणकलाले जीवन सहज हुने बताउदै यो एउटा कला भएकाले यसको सही सदुपयोग गर्न सक्यो भने राम्रो प्रगति गर्न सकिने वीरेन्द्रनगर नगरपालिका वडा न ६ काका वडा अध्यक्ष जनक रावलले बताएका छन् । उनले उद्घोषणकलाको विकासका साथै क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिमले सार्थक प्रदान गरेको बताए ।
तालिममा १५ वटा टोल विकास समितिका र सुर्खेत महिला जेसीजका पदाधिकारी गरि करिब ५० जनाको सहभागिता रहेको थियो ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख २३ गते आइतवार