म किन नेपाली हुन सकिन ?: रेशम चौधरी

सुर्खेत : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफु नेपाली हुन किन नसकेको भन्ने प्रश्न मनमा बल्झिरहेको बताएका छन् ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगर १० नयाँगाउँमा समुदाय भेटघाट कार्यक्रममा उनले सरकारले आफुलाई नेपाली नभएको अनुभुति गराएकोे बताएका हुन् ।


देशको मायाले कयौं देशभक्ति गित सगिंत लेखेको, आफ्नो मनमा देश प्रतिको माया अथाह भएता पनि अधिकार माग्नको लागि बोल्दा सरकारले आफुलाई सरकारको विद्रोही बनाएर कारागार चलान गर्दा आफुलाई नेपाली किन हुन सकिन होला? भन्ने प्रश्न मनमा बल्झीरहेको जनाए ।

आफु सुर्खेत पार्टीको प्रचारप्रसारको लागि आएको नभई भेटघाट र चिनजानको लागि आएको भन्दै थारु समुदाय, सिमान्तकृत समुदायको अधिकारको लागि सधैं लागि पर्ने चौधरीको प्रतिवद्धता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया