अन्तरपुस्ता नारीवादी मञ्चको कर्णाली प्रदेशमा कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत । अन्तरपुस्ता नारीवादी मञ्च (आईजीएफएफ) ले कर्णाली प्रदेश स्तरिय दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

बिहीबार र शुक्रबार कर्णालीमा भएको दुई दिने कार्यशाला गोष्ठीमा कर्णाली प्रदेशका १० ओटै जिल्लाका नारीवादी महिलाहरु, यौनिक तथा लैगिंक अल्पसंख्यक, सिमान्तकृत समुदायहरुको सक्रिय सहभागितामा सम्पन्न गरिएको हो ।

अन्तरपुस्ता नारीवादी मञ्चले वृद्धको होस युवाको जोस्लाई हस्तान्तरण गर्दै देशभरिका पछाडी परेका वा पछाडी पारिएका महिलाको सवालमा काम गर्ने गरेको छ । महिलामाथि हुने असमानता, विभेद, दमन आदि सबैको निर्मूली–करणका लागि केन्द्रित छ ।
महिला विकास, उन्नति र लैङ्गिक समानता माथिको वैचारिक एकरुपता र जागरणको परिचालन गर्न महिलाको नारीवादी आन्दोलन आवश्यक रहेको अन्तरपुस्ता नारीवादी मञ्चको भनाई छ ।

महिलाहरुको सहभागिता कागजमा भएतापनि नेतृत्वमा हुन नसकेको परिपक्ष्यमा महिलाहरुको योग्यता र क्षमताको अनुसारको नेतृत्व पाउनुपर्ने महिलावादी आन्दोलनको उद्देश्य भएको आईजीएफएफले बताएको छ ।

विविधता नै एकता हो भन्दै महिलाहरुको अधिकारका लागि, महिलाको सवाल र मुद्धालाई सशक्त रुपमा लिनको लागि महिलावादी आन्दोलन अन्तरगत अनुपम अभियान सञ्चालन गर्ने गोष्ठीका सहभागिहरुको भनाई छ ।

यस्तै, कर्णालीमा क्षमता विकासको लागि विभिन्न खालका सीप मुलक तालिम हुनपर्ने, पिछडीएको समुदायको लागि आवाज उठाउनु पर्ने, बालविवाह, बहुविवाह, छाउपढि, यौनजन्य हिंसा, बलात्कारका घटना न्युनिकरणका गर्न लागि पर्ने साथै अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि उनीहरुको सहभागिताको लागि यो महिलावादी आन्दोलनबाट आवाज उठाउनु पर्ने बताएका छन् ।

नेतृत्व लिने इच्छा, चाहाना भएता पनि आर्थिक समस्याका कारण पछाडी पर्नुपर्ने समस्या भोग्नु पर्ने महिलाहरुको समस्या समाधानका लागि आफ्नो दैनिक खर्चबाट रु. १ बचाएर अक्षकोषमा जम्मा गर्ने सहभागिहरुको प्रतिवद्धता गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया