सुर्खेत । कर्णाली प्रदेशमा कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भाद्र ४ गते सार्वजनिक बिदा हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको बताएको छ ।
२०८१/०१/२७ बसेको कर्णाली प्रदेश सरकार (मन्त्रीपरिषद्) ले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
फ्याक्ट सञ्चार । २०८१ साउन ३२ गते शुक्रवार