जिल्ला समन्वय सुर्खेतमा छलफल नभएको विषयमा सुचना प्रकाशनको आरोप

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा छलफल नभएको विषयमा सुचना प्रकाशन भएको प्रति समन्वय उपप्रमुख सचिन कुमार बडुवालले ध्यानाकर्षण भएको जनाएका छन् ।

जिल्ला समन्वय उपप्रमुख सचिन कुमार बडुवालले समितिमा छलफल नभएको विषयमा समन्वय प्रमुख गंगाराम सुनार र जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले आफु मनोमानी सुचना प्रकाशन गरेको आरोप लगाएका हुन् ।

जिल्ला समन्वय समिति सुर्खेतको २०८० फाल्गुन २९ गत्ते बसेको बैठकले गोदामलाइन र हटियालाईनका सरकारी घर जग्गा खाली गरि हटाउन भनि ३५ दिने अल्टिमेट दिएको सुचना समितिको छलफल नभई आफु मनोमानी निर्णय गरि सुचना प्रकाशन गरेको बडुवालको भनाई छ ।  उनले २०८० फाल्गुन २९ गत्ते समितिको बैठक बसेको भएता पनि बैठकमा उक्त विषयमा छलफल नभएको जनाए ।

सुर्खेत उपत्यका नगर विकास समितिले भोगचलनका लागि जिल्ला समन्वयलाई दिएको जग्गा सुर्खेत उपत्यका समितिले पहिलो पटक गत जेठ ३२ गते र दोश्रो पटक जुन प्रयोजनका लागि जग्गा दिइएको हो र सो प्रयोजनमा प्रयोग नभए फिर्ता गर्न भनि ताकेता गरेको भन्दै फाल्गुन २९ को समन्वयको बैठकले भाडामा दिइएका जग्गा तथा संरचना खाली गर्न भनि ३५ दिने सुचना निकालेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया