सुर्खेत । कान्तिपुरकर्मी ज्योति कटुवाल सम्मानित भएकी छिन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल युवा परिषद्ले आयोजना गरेको प्रदेश युवा सम्मेलनमा कटुवाललाई आइकन अफ कर्णालीबाट सम्मानित गरेको हो ।
पत्रकारिता क्षेत्र मार्फत सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कटुवाल लामो समय देखि पत्रकारिता क्षेत्रमा संगलग्न रहि समाजमा सकारात्मक परिवर्तन गर्दै आएकी छन् ।
यस्तै, कार्यक्रममा खेलकुद तथा सांगेतिक क्षेत्रबाट नन्दा बस्याल, कला र संस्कृति क्षेत्रबाट टिकाराम चपाई, युवा स्थानिय शासन र सामाजिक रुपान्तरणको क्षेत्रबाट राजेन्द्र अधिकारी, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा अनिल बानियाँ, बालविवाह, महिला हिसां र बेचविखन विरुद्धको अभियान तथा मनोविमर्षकर्ताको रुपमा समाजमा पुर्याउनु भएको योगदानको कदर गर्दै शर्मिला विसी, सुचना तथा प्रविधिको क्षेत्रमा उपेन्द्र प्रसाद न्यौपाने, नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याएको भन्दै सिर्जना वली, कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य क्षेत्रमा सवलिकरण, सामाजिक रुपान्तरण र युवा सशक्तिकरणमा डा. नवराज केसी र कर्णालीमा पाइने जडिबुटी तथा वनस्पतिमा खोज, अध्ययन तथा अनुसन्धान गरि उत्पादन तथा बजारिकरण गर्दै उद्यमशिलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मानित गरेको छ ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २५ गते आइतवार