सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई यहाँका युवाहरुले रोजगारी, कृषि, भुकम्पपछिको पुर्ननिर्माणलागयतका विषयमा प्रश्न गरेका छन ।
वीरेन्द्रनगरमा सामाजिक विकास मन्न्रालय र नेपाल युवा परिषद्ले आयोजना गरेको युवासँग मुख्यमन्त्री कार्यक्रममा ४० भन्दा बढि युवाहले विभिन्न विषयमा प्रश्न सोधेका थिए । युवाहरुले अर्गानिक कृषि उत्पादन र त्यसको बजारीकरणमा सरकारको नीति के भयो रु १० हजार युवालाई स्वरोजगार बनाउने निर्णय कहाँ अड्कियो र कर्णालीमा रोजगार नहुँदा लाखौं युवाहरु कालापहाड ९भारत० र खाडी मुलुक जानबाट रोक्नलाई सरकारसँग के योजना छ रु जस्ता प्रश्न युवाहरुले मुख्यमन्त्रीलाई गरेका थिए ।
जवाफमा मुख्यमन्त्री शर्माले भने कर्णालीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मूल्यवान लोगो तयार भएको बताए । उनले कर्णालीको उत्पादनलाई कर्णालीमै प्रशोधन र प्याकेजिङ गर्नका लागि सरकारी स्वामित्वको खाध्य व्यवस्था तथा व्यापार कम्पनीसँग संझौता भइसकेको जानकारी दिए ।
उनले भने, ‘कर्णालीका जिल्लाबाट खरिद गरिएका उत्पादनलाई सुर्खेतमा स्थापना हुन लागेको उद्योगमा प्रशोधन र प्याकेजिङ हुन्छ ।’ मुगुकी सम्झना नेपालीले मुगुमा उत्पादन भएको कोदो, फापर, जौलगायतका खाद्य बस्तुहरुको बजारीकरण नहुँदा पशु चौपायालाई कुडोका रुपमा प्रयोग गरिरहेको बताइन् । उनले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको नारा लगाएपनि उत्पादन भएको खाद्यबस्तु बजारीकरणका ध्यान नदिएको बताए ।
दैलेखका हिक्मत खनालले कर्णालीमा रोजगार नहुँदा लाखौं युवाहरु कालापहाड र खाडीमा गइरहेको बताए । जाजरकोटका सुरेन्द्र बस्नेतले पहिलो पन्चवर्षीय योजना कत्तिको सफल भयो भनेर प्रश्न गरेका थिए ।
उनको प्रश्नको जवाफमा मुख्यमन्त्री शर्माले पहलो पञ्चपर्षीय योजनाको समीक्षा भइरहेको बताउँदै दोस्रो पञ्चवर्षीय योजनामा डिजिटल कर्णाली बनाउने विषयलाई प्राथमिकतामा राख्ने जानकारी दिए । सल्यानका गणेश वलीले कर्णाली अर्गानिक कृषि उत्पादन र त्यसको बजारीकरणमा सरकारको नीति के छ रु भनेर सोधेका थिए ।
जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मूल्यवान लोगो तयार भएको बताए । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको संझौता अनुसार कर्णालीका सबै स्थानीय तहबाट उत्पादनहरु खरिद गरेर प्याकेजिङ र विक्री–वितरण गर्न लागिएको बताए ।
‘कर्णालीको उत्पादनलाई कर्णालीमै प्रशोधन र प्याकेजिङ गर्नका लागि कम्पनीसँग संझौता भएको छ, कर्णालीका जिल्लाबाट खरिद गरिएका उत्पादनलाई सुर्खेतमा स्थापना हुन लागेको उद्योगमा प्रशोधन र प्याकेजिङ हुन्छ,’ उनले भने, ‘त्यसपछि मूल्यवान लोगो राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विक्री–वितरण गछौं ।’
मुगुकी सम्झना नेपालीले आफ्नो जिल्लामा उत्पादन हुने कोदो, फापर, जौलगायतका खाद्य बस्तुहरुको बजारीकरण नहुँदा पशु चौपायाका लागि कुडोका रुपमा प्रयोग भइरहेको बताइन् । जाजरकोटकी विमला बुढाले कर्णालीमा अझै अपाङ्गमैत्री संरचना निर्माण नभएको बताउँदै प्रदेश सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताइन् ।
दैलेखका हिक्मत खनालले कर्णालीमा रोजगार नहुँदा लाखौं युवाहरु कालापहाड र खाडीमा गइरहेको बताए । मुख्यमन्त्री भएकै दिन शर्माले हरेक वर्ष १० हजार युवाहरुलाई रोजगार दिने निर्णय गरेपनि त्यसमा आफू सफल हुन नसकेको बताए । युवाहरुलाई रोजगार दिनका लागि ३ अर्व ६५ करोड छुट्याउन खोजेको भएपनि कानुन बाधा भएको मुख्यमन्न्री शर्माको भनाई छ ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २६ गते सोमवार