मुख्यमन्त्री यामलाल कँडेलले भोली विश्वासको मत लिने

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

त्यसका लागि हिजो प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलले पत्र दर्ता गराएका छन् ।

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए ।

यस्तै मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको छ ।

जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

भागबण्डा टुङ्गिएकाले बुधबारसम्म मन्त्रीमण्ड विस्तार हुने सम्भावना छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया