सुर्खेत । सुर्खेत महिला जेसीजले एकदिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
आज मंगलबार आफ्ना पदाधिकारीहरुको नेतृत्व र व्यक्तित्व विकास गरेर आगामी दिनहरुमा हरेक ठाँउमा नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।
जेसीसले विधिको शासनमा विश्वास राखेर प्रजातान्त्रिक प्रक्रिया विधि र पद्धतीका वारेमा सिकाउने भएकाले धेरैजसो युवाहरुको आकर्षणको केन्द्र वनेको छ ।
सुर्खेत महिला जेसीजकी अध्यक्ष मिना गुरुङले नेतृत्व विकास तालिम अहिलेको समयमा महत्वपूर्ण रहको बताउदै यसले नेतृत्व क्षमता र नेतृत्वको गुणस्तरमा सुधार गर्ने बताइन् ।
नेपाल जेसीजका राष्टिय उपाध्यक्ष तथा तालिमका प्रशिक्षक राजन शर्मा पौडेलले नेतृत्व विकास तालिमले व्यक्तिहरूलाई सङ्गठन र प्रशासनमा सक्रिय भूमिकामा पुर्याउन मद्दत गर्ने बताउदै यसले गर्दा सामाजिक, राजनीतिक, व्यावसायिक र परिवारमा प्रभावशाली नेतृत्व गर्न सक्ने बताउने विश्वास व्यक्त गरेका छन् ।
उनले जेसीजको मूख्य काम भनेको नै नेतृत्व विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने रहेको बताउँदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार यस्ता तालिमहरु सञ्चालन गर्दै जाने बताएका छन्।
तालिममा सुर्खेत महिला जेसीजका झन्डै ३० जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले यस्तो कार्यक्रमले आफूभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सहज भएको बताएका छन् ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख ११ गते मङ्गलवार