कर्णालीमा औलो रोगका बिरामी घट्दो

सुर्खेत । कर्णालीमा पछिल्लो समयमा औलो रोगका बिरामी घट्दै गएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णालीमा पछिल्लो समयमा औलोका बिरामी घट्दै गएका हुन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका औलो रोग फोकलपर्सन श्यामप्रसाद आचार्यले कर्णालीमा आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म २४ जना औलो रोगका बिरामी देखिएको बताए ।

२४ औलो रोगका बिरामीमध्ये सुर्खेत जिल्लामा २० जना, दैलेख दुई जना र कालिकोट र हुम्लामा एक/एक जनामा औलो देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

कर्णालीका हिमाली जिल्लामध्ये पाँच वर्षको तुलना गर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका आर्थिक वर्ष २०७६/०७७ एक जनामा, सोरु गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा दुई जनामा, आर्थिक वर्ष २०७८/०७९ मा सात जनामा, आर्थिक वर्ष २०७९/०८० मा एक जनामा, खत्याड गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक जनामा र आर्थिक वर्ष २०७७/०७८ मा एक जनामा औलो रोग देखा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक जनामा, अदानचुली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा तीन जनामा, आर्थिक वर्ष २०७७/०७८ मा दुई जनामा, आर्थिक वर्ष २०७८/०७९ मा एक जनामा, आर्थिक वर्ष २०७९/०८० मा दुई जनामा र ताजाकोट गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा छ जनामा, आर्थिक वर्ष २०७७/०७८ मा पाँच जनामा, आर्थिक वर्ष २०७८/०७९ मा सात जनामा, आर्थिक वर्ष २०७९/०८० मा पाँच जना र चालु आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएको छ ।

कालिकोटका खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक–एक जना औलो रोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।

यी हिमाली जिल्लामा औलो रोगका बिरामी भेटिनु र हुम्लामा चालु आर्थिक वर्षमा भेटिएको बिरामी त्यही उत्पादन भएको भेटिनुले हिमाली जिल्लामा औलो रोगको उच्च जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए

कर्णालीका औलो रोगका उच्च जोखिममा रहेका १० वडा रहेको त्यहाँ बसोवास गर्ने जनसंख्या ७७ हजार ६८० रहेको छ ।

मध्यम जोखिम ३५ वडा रहेको त्यहाँ बसोवास गर्ने जनसंख्या ४ लाख २८ हजार ४१४ रहेको निर्देशनालयले जनाएको छ । कर्णालीमा घट्दो औलो आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्ममा देशभर ५ सय २९ जना औलोका बिरामी भेटिएका छन् ।

औलो रोग अहिले नियन्त्रणमा नै आइसकेको नभए पनि औलो रोग घट्ने क्रममा रहेको  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका औलो रोग फोकलपर्सन श्यामप्रसाद आचार्यको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया