सुर्खेतमा अन्तर-पुस्ता महिलावादी मंचको `अनुपम अभियान´

सुर्खेत । सुर्खेतमा अन्तर-पुस्ता महिलावादी मंचको अनुपम अभियान २०२४ अन्तरगत यात्रा कार्यक्रम गरिएको छ ।

देशव्यापी महिलावादी अनुपम अभियान अन्तगत मंगलबार सुर्खेतमा पनि र्याली निकालेर कार्यक्रम गरिएको हो ।

८४ मा महिला पहिला, भ्रष्टाचार प्रति शुन्य सहनशीलता, समतामूलक, स्वाभीमान, विकास लगाएतका नारा लगाएर र्याली निकालिएको थियो ।

अन्तर-पुस्ता महिलावादी मन्चले २०८० देखि २०८४ सम्मका लागि देशव्यापी महिलावादी `अनुपम अभियान´को शुरूवात गरेको छ ।

यो ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउनु हो ।

यसका लागि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भुमिकामा पुर्याउने र परमुखी विकासको कुलो फर्काउदै, आत्मसम्मान र आत्मनिर्भर बढाउने यस अभियान लागिपरेको अन्तर-पुस्ता महिलावादी मन्चले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया