खो खो विश्वकपमा महिलातर्फ नेपालको शानदार जित

सुर्खेत । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।

सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ । समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।

पुरुषतर्फको पहिलो खेलमा भने नेपाल भारतसँग ४२-३७ ले पराजित भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया