पहिरोले अवरुद्ध कर्णाली राजमार्ग संचालन

कालिकोट । कालिकोट – जुम्ला सडक खण्ड संचालनमा आएको छ ।

अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ ।

कालिकोटको चौखोलामा गएको पहिरोले कालिकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो । ।

कर्णाली राजमार्ग खुलेपछि हिजोदेखि बाटोमा अलपत्र यात्रुवाहक र मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन् । पानी पर्ने बित्तिकै पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ ।

कालिकोटको खाडाचक्र–१० चौखोलानजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएकामा ३० घन्टापछि खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

कालिकोटको चौखोला, टाकुल्ला लगायतका ठाउँको पहिरो पन्छाएपछि सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया