एमालेले सामाजिक वा अर्थ मन्त्रालय मध्य एउटा चाहियो भन्दै दाबी गरेपछि कर्णालीमा सपथ ग्रहण रोकियो

सुर्खेत । केन्द्रमा नेपाली काँग्रेस र एमालेको सत्ता गठबन्धन भएसँगै कर्णाली प्रदेशमा पनि सोही गठबन्धन अनुसार सरकारमा काँग्रेस सहभागि हुने तयारी थियो ।

सोही तयारी अनुसार आज विहान ११ बजे नेपाली काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्टले काँग्रेसबाट सरकारमा सहभागि हुने चार जना मन्त्रीहरुको जिम्मेवारीसहितको नामावली मुख्यमन्त्री यामलाल कंडेललाई दिएका थिए ।

यामलाल कंडेल सरकारमा सहभागि हुने निर्णयसहित आज काँग्रेसबाट आथिृक मामिला तथा योजना मन्त्रीमा राजिव शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीलाई नियुक्त गर्न काँग्रेसले सिफारिस गरेको थियो ।

आजै शपथ ग्रहण गराउने तयारी प्रदेश प्रमूखको कार्यालयले गरेको भएपनि मुख्यमन्त्री कंडेलले शपथ ग्रहणका लागि प्रदेश प्रमूखको कार्यालयमा सिफारिस नै पठाएनन् ।

अब भोली शनिबार भएका कारण शपथ ग्रहण हुने सम्भावना छैन भने आइतबार शपथ ग्रहण मुख्यमन्त्री कंडेलले मन्त्रीलाई गराउँछन कि गराउँदैनन भन्ने अन्यौलता बढेको छ ।

यता, एमाले स्रोतका अनुसार काँग्रेसलाई आर्थिक मामिला तथा योजना मन्त्रालय वा सामाजिक विकास मन्त्रालयमध्ये एक मन्त्रालय छोडन मुख्यमन्त्री कंडेलले अनुरोध गरिरहेका छन्, तर काँग्रेस भने चारै मन्त्रालय बाहेक अन्य मन्त्रालयमा सहभागि नहुने अडानमा रहेका कारण आजको शपथ ग्रहण कार्यक्रम रोकिएको बताइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया