लोकतान्त्रिक खेलकुद संघ सुर्खेत क्षेत्र नं २ प्रदेश (क) मा गुरुङको अध्यक्षतामा १८ सदस्यीय समिति चयन

सुर्खेत ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ, सुर्खेत क्षेत्र नं २ प्रदेश (क) मा शुसील गुरुङ (कराते) को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

आज नेपाल लोकतान्त्रिक खेलकुद संघ, कर्णाली प्रदेशले सुर्खेत क्षेत्र नं २ प्रदेश (क) को प्रथम अधिवेशनबाट शुसील गुरुङ (कराते) को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।    

उपाध्यक्षमा रोशन शाही (क्रिकेट), सचिवमा सम्राट राई, सहसचिवमा निश्चल रावल (क्रिकेट) र कोषाध्यक्ष यज्ञ थापा (फुटबल) निर्वाचित भएका छन ।

सदस्यहरुमा पूर्ण राना मगर, कुमार रामजाली (फुटबल), भुवन खत्री (कराते), निर्दोष बुढा (फुटबल), जानबिर थापा (फुटबल), मुकुन्द शाह (फुटबल), प्रकाश विष्ट (भलिबल), बिपिन गुरुङ (फुटबल), प्रतिक शाही (क्रिकेट) रहेका छन ।

अधिवेशनमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, कर्णाली प्रदेश का संयोजक हरि विष्टले अधिवेशनले खेलकुद क्षेत्रकोसंगठनात्मक सुदृढीकरण खेलाडीको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएका छन् ।

उनले नवनिर्वाचित टोलीलाई शुभकामना दिदैँ खेल विकासका कार्यक्रमलाई संस्थागत गर्दै स्थानीय स्तरमा खेलकुदको पहुँचविस्तार गर्ने अपेक्षा गरिएको बताए ।

खेलकुद केवल प्रतिस्पर्धा नभैइ अनुशासन, स्वास्थ्य एकताको माध्यम भएको समेत विष्टको भनाई छ ।

प्रथम अधिवेशनमा विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी र स्थानीय सरोकारवालाको उपस्थिती थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया