दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने : मन्त्री बुढा

सुर्खेत । जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन् ।

आतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३.१३ प्रतिशत घरधूरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पुर्याउनेबताइन् ।

उनले दुई वर्षभित्र कर्णालीलाई पूणर्् विद्युतीकरणका लागि कर्णाली विद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने बताइन् ।

‘सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गरिनेछ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया