सुर्खेत । नवनियुक्त कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेटको पहल गर्ने बताएका छन् ।
आगामी मंसिरमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारसँग सहकार्य गरेर प्रतियोगिता गर्न आवश्यक बजेट उपलब्ध गराउने उनको भनाइ छ ।
प्रतियोगिताका लागि १६ करोड रुपैयाँ माग गर्ने निर्णय भएको छ। संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट बजेट उपलब्ध गराउन माग गरिएको हो ।
साथै, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० को संशोधन स्वीकृति गरेका छन्। यो सँगै छात्रवृत्ति अन्तर्गत कर्णालीका नागरिकले प्रदेश भित्र अध्यनरत विद्यार्थीले मात्र छात्रवृत्ति पाउने व्यवस्था थियो।
त्यसलाई संशोधन गर्दै देशभरका जुनसुकै विषय र तहमा अध्ययन गर्न पाउने गरी कार्यविधि संशोधन गरिएको मन्त्री भण्डारीले बताए।
फ्याक्ट सञ्चार । २०८१ साउन २० गते आइतवार