सुर्खेत महिला जेसीजको प्रशान्ती वृद्धा आश्रममा भोजन अर्पण

सुर्खेत । सुर्खेत महिला जेसीजले प्रशान्ती वृद्धा आश्रममा भोजन अर्पण कार्यक्रम गरेको छ ।

आज आइतबार सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन प्रशान्ती वृद्धा आश्रममा भोजन अर्पण कार्यक्रम गरेको हो ।

जेसीज नेतृत्व र व्यक्तित्व विकास मात्र नभइ सामाजिक कार्यमा पनि उतिकै अग्रसर रहेको बताउदै प्रशान्ती वृद्धा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन अर्पण गर्र्ने कार्यक्रम राखिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष मीना गुरुङले जनाइन् ।
वृद्धा आश्रममा रहेका दर्जनौं वृद्धवृद्धाहरुलाई खाना खुवाउदा मन प्रशन्न भएको समेत उनले बताइन् ।

यस्तै, सप्ताहव्यापी कार्यक्रम अन्तरगत सुर्खेत महिला जेसीजले विभिन्न ठाउँहरुमा धेरै कार्यक्रम गर्ने समेत बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया