सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु गरिएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचन आयोगले सर्वदलीय सहमतिपछि मतगणना सुरु गरिएको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको हो ।
निर्वाचन आयोगका अनुसार सुर्खेत–२ मा कुल एक लाख २७ हजार मतदाता रहेका छन् । तीमध्ये ७३ हजार ३ सय ५६ मत खसेको जनाइएको छ ।
यता, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको छ। मतपेटिका संकलन तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेकाले केही समयमै मतगणना सुरु हुने जनाइएको छ ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार