सोसेकले गर्यो लैगिंक हिंसाले निम्ताएका समस्यालाई न्युनिकरण सम्बन्धि छलफल

सुर्खेत । सोसेक नेपालले लैगिंक हिंसाले निम्ताएका समस्यालाई न्युनिकरण सम्बन्धि सरोकारवालाहरुसंग छलफल कार्यक्रम गरेको छ ।

सोमबार वीरेन्द्रनगरमा सोसेक नेपालको शसक्त महिला समृद्ध नेपाल परियोजनाले लैगिंक हिंसाले निम्ताएका समस्यालाई न्युनिकरण सम्बन्धि सरोकारवालाहरुसंग छलफल कार्यक्रम गरेको छ ।

समाजमा विद्यमान रहेको लैंगिक हिंसाबाट निम्तिएका समस्याहरुलाई कसरी न्युनिकरण गर्न सकिन्छ, समाजमा कस्ता खालका समस्याहरु रहेका छन् भन्ने विषयमा छलफल गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको सोसेक नेपालले जनाएको छ ।

छलफलमा समाजमा रहेका लैंगिक हिंसा सम्बन्धिका घटना, त्यसले निम्ताएको असर, मनोसामाजिक अपांगताका समस्या र न्युनिकरण बारे छलफल गरिएको थियो ।

लैंगिक हिंसामा महिलाले मात्र नभई पुरुषहरु संगै लैंगिक अल्पसंख्यक व्यक्तिहरुले समेत हिंसा भोगिरहेको साथै विभिन्न खाले विभेद, प्रथाहरुको सिकार हुनुपरेको समस्याहरुको बारे छलफल गरिएको थियो ।

यस्ता खाले विभेद हटाउन सर्वप्रथम त आफु र आफ्नो परिवारबाट नै परिवर्तनको सुरुवात गर्नुपर्ने बताउदै समाजबाट विभेद अन्त्य गर्न आफु परिवर्तन हुनुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।

कार्यक्रममा सामाजिक अभियान्ता, अधिवक्ता, यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरु, मिडियाकर्मी लगाएत लैंगिक हिंसा विरुद्ध चासो राख्ने सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया