शेयर बजार १४ अङ्कले बढ्याे

सुर्खेत ।  शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ११ अङ्कले बढेर दुई हजार ६ सय २६ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड २७ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया