सुर्खेत । सुर्खेत महिला जेसीजले बर्ष २०२५ की अध्यक्ष कमला बस्याल देवकोटालाई चेन हस्तान्तरण गरेको छ ।
शनिबार भएको पद हस्तान्तरण, पद स्थापन तथा पुरस्कार वितरण कार्यक्रममा वर्ष २०२४ की अध्यक्ष मिना गुरुङले वर्ष २०२५ को अध्यक्ष कमला बस्याल देवकोटालाई अध्यक्षको चेन हस्तान्तरण गरेकी हुन् ।
सुर्खेत महिला जेसीजको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेर बस्याललाई अध्यक्षमा चयन गरेको थियो ।
सुर्खेत महिला जेसीजको बर्ष २०२५ को नयाँ कार्यसमितिको अध्यक्षमा कमला बस्याल देवकोटा, कार्यकारिणी उपाध्यक्षमा रमा आचार्य र भावना राना साथै उपाध्यक्षमा बसन्ता कार्की, सुमित्रा चौधरी, भिमा शाही र कान्ति लक्ष्मि कार्कीलाई १४ औं बार्षिक साधारणसभाबाट चयन गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।
यस्तै, महासचिवमा मनु सुनार र कोषाध्यक्षमा पशुपति बुढालाई मनोनीत गरिएको छ ।
यस्तै, वर्ष २०२४ को उत्कृष्ट जेसीजबाट शिखा सोनी र सर्वाधिक संलग्नताबाट भावना रानालाई पुरस्कृत गरेको छ ।
फ्याक्ट सञ्चार । २०८१ पुष २१ गते आइतवार