सुर्खेत। आज पनि देशभर मौसममा आंशिक बदली भएको छ । कर्णाली प्रदेश सहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
फ्याक्ट सञ्चार । २०८१ माघ २ गते बुधवार