जेसीजको प्री-इन्डक्सन एण्ड लोम अफिसर्स् तालिम सम्पन्न

सुर्खेत । सुर्खेत महिला जेसीजको प्री-इन्डक्सन एण्ड लोम अफिसर्स् तालिम सम्पन्न भएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत महिला जेसीजले प्री-इन्डक्सन एण्ड लोम अफिसर्स् तालिम सम्पन्न गरेको हो ।

जेसीजका पदाधिकारीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने, नयाँ सदस्यहरुको लागि संस्था सम्बन्धि जानकारी दिने, पदाधिकारीहरुको कर्तव्य र जिम्मेवारी सम्बन्धि जानकारी दिने उद्देश्यले यो तालिम आयोजना गरिएको सुर्खेत महिला जेसीजले जनाएको हो ।

नयाँ चयन भएको कार्यसमितिको जिम्मेवारी बुझाउन र काम गर्न सहजता प्रदान गर्न यो तालिम राखिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष कमला बस्यालले बताईन् । उनले व्यक्तितब र नेतृत्व विकास गर्न सधैं यो संस्थाले भुमिका निभाउने समेत बताईन् ।

प्री-इन्डक्सन एण्ड लोम अफिसर्स् तालिम सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष सीमा चन्दले प्रदान गरेकी हुन् । उनले नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि यो तालिम निकै महत्वपुर्ण रहेको बताइन् ।

तालिममा करिब ३० जनाको सहभागिता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया