कर्णालीमा सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम गरिएको छ ।

आज कर्णाली प्रदेशभर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम सम्पन्न गरेको हो ।

कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उदेश्यले “आफु पनि बचौं र अरूलाई पनि बचाऔं” भन्ने मूल नाराका साथ प्रदेशका दशवटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा समेत यो कार्यक्रम सम्पन्न गरिएको छ ।

अधिक सवारी दुर्घटना हुने स्थानहरुमा भएका सवारी दुर्घटनाहरूका तस्विरहरू प्रतिबिम्वित गराई सवारी चालक र सह-चालकहरूलाई प्रदर्शन गर्दै सचेतना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ।

यस्तै, बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर गरिएको यो कार्यक्रमबाट सवारी चालक तथा सह-चालक गरी १ हजार २ सय ४३ जना लाभान्वित भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया