कर्णालीकाे संस्कृति समेट्दै ’कर्णाली काटौला’ बोलको गीत सार्वजनिक

सुर्खेत । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ऋषिराज आचार्य निर्देशित फिल्म ’द्रौपदी’ काे ’कर्णाली काटौला’ बोलको गीत सार्वजनिक गरिएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीतले फिल्मको कथावस्तु झल्काउँछ ।

गीतमा डेब्यु अभिनेता समेत रहेका रवि ओड र पछिल्लो समयकी चर्चित गायिका इन्द्रकला राईको स्वर समावेश छ । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ ।

भिडियोमा कर्णालीको भूगोल, सौन्दर्य र संस्कृतिलाई गजबले चित्रण गरिएको छ । विष्णु ठडराईको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका दुई जोडी ऋषिराज र आश्विनी शाही, रवि ओड र सुजता तिमल्सिनाबीचको रोमान्सलाई चित्रण गरिएको छ ।

गीतमा डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे-फोक्सुन्डो तालको दृश्य पनि समावेश छ । मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्ममा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सहनिर्मातामा छन् ।

यथार्थपरक कथावस्तुमा फिल्म निर्माण भएको जनाइएको छ । ‘द्रौपदी’ आचार्यको छैटौं निर्देशकीय फिचर हो । यसअघि ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘चुरीफुरी’को निर्देशन गरिसकेका उनी सेन्सर बोर्डका सदस्य पनि हुन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया