भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेकाे बस दुर्घटना, ३६ जना घाइते

सुर्खेत । भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तिर्थ यात्री सवार बस सुर्खेतमा दुर्घटनामा परेको छ । रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको सानु खाेलामा भे १ ख ४३३१ बस सडकबाट तल खसेको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । घटनास्थलबाट ३६ जनाकाे उद्दार गरेर कोहलपुरतर्फ पठाइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया