सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रमा मतगणना जारी रहँदा फरक–फरक पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम राखेका छन्। हालसम्मको मतगणनाअनुसार खड्काले ३ हजार ८३० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका ध्रुवकुमार शाहीले २ हजार ७३० मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह २ हजार ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ३११ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले ५० मत पाएका छन् ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार