सुर्खेत। देशभरका किशोरीहरूलाई एचपिभी खोपको पहुँच पुर्याउने उद्देश्यले सरकारले अभियान चलाए पनि हुम्लाका किशोरीहरू यो खोपबाट वञ्चित भएका छन्। नाम्खा गाउँपालिका–६ को हिमालपारि क्षेत्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न नसकिएको हो।
लिमी जाने प्रमुख नाका, नारा ४ हजार ६ सय ७० मिटर र न्यालु लेक ५ हजार मिटर, हिमपातका कारण बन्द हुँदा खोप ढुवानीमा समस्या आएको हो। यस कारणले खोप अभियान लिमीमा सञ्चालन हुन सकेको छैन।
स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रम समन्वयक प्रेम पाण्डेले भने, “हामी खोप ढुवानी गर्न असमर्थ भएका छौँ। यद्यपि, लिमीका लागि खोप तयार पारिएको छ र आगामी २०८२ सालको वैशाख महिनामा खोप वितरण गर्ने योजना बनाइएको छ।”
लिमीका विद्यालय शिक्षक विकल तामाङले भने, “लिमीमा विद्यालय बाहेक अन्य किशोरीहरूको उपस्थिती छैन। आगामी महिनामा खोप लगाउने तयारी गरिएको छ।”
              
										
												
												
												
												
												
फ्याक्ट सञ्चार । २०८१ चैत्र ४ गते मङ्गलवार