६ एआइजी सिफारिस : कसले पायो कहाँको जिम्मेवारी?

काठमाडौं। गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस सचिवालयले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

बिहीबार बसेको सचिवालयको बैठकले चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसीलाई एआइजीमा सिफारिस गरेको हो।

बढुवा सिफारिससँगै उनीहरूको जिम्मेवारी क्षेत्र पनि तोकिएको छ। खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा, कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा, अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सिफारिस गरिएको छ।

बढुवा सिफारिस अन्तिम स्वीकृति लागि मन्त्रिपरिषदको बैठकमा पेश गरिनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया