शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकममा समेत कमी

काठमाडौं। हिजो सामान्य रुपमा बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक आज १४.५३ अंकले घटेर २,६४७.०७ विन्दुमा झरेको छ।

आजको कारोबारमा फाइनान्स र व्यापार समूह बाहेक अन्य सबै समूहका शेयर घटेका छन्। लगानी समूहको शेयरमा सबैभन्दा बढी, २ प्रतिशतभन्दा धेरै गिरावट आएको छ।

कम्पनीतर्फ हेर्दा, सप्तकोशी विकास बैंकको शेयर झन्डै ८.५ प्रतिशतले घट्दै सबैभन्दा बढी ओरालो लागेको छ। यद्यपि समग्र बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। हिजो १० अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२७ कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदै कारोबार रकम ८ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया