बङ्गलादेशका क्रिकेटर त्वहिदलाई चार खेलको प्रतिबन्ध

काठमाडौं। बङ्गलादेशका क्रिकेटर त्वहिद हृदोय चार खेलको प्रतिबन्धमा परेका छन् । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले तत्काल लागू हुने गरी त्वहिदलाई चार खेलको प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

बङ्गलादेशका लागि अहिलेसम्म ३५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ३२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका २४ वर्षीय खेलाडी अहिले चलिरहेको बसुन्धरा ढाका प्रिमियर डिभिजन क्रिकेट लिग (डीपीडीसीएल) मा मोहम्मद स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका छन् ।

हृदोयले यसअघि अप्रिल १२ मा पनि खेलका क्रममा अम्पायरहरूसँग बहस गरेका थिए । फेरि उनले अप्रिल २६ मा डीपीडीसीएलमा गाजी ग्रूप क्रिकेटर्ससँगको खेलमा उनले आउट भएपछि निकै निराश हुँदै अम्पायरको निर्णयको विरोध गरेका थिए । त्यसपछि उनलाई बीसीबीको आचारसंहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको हो ।

प्रतिबन्धका कारण अब त्वहिद यस डीपीएल सिजनको अन्तिम खेल र अर्को सिजनको तीन खेलबाट बाहिर रहनेछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया