सुर्खेत। सुर्खेत उपत्यकामा संचालित भेरी लिफ्ट सिंचाइ आयोजना अघि बढाउनका लागि सरकार आगामी आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त आयोजना प्रदेशको कृषि उत्पादन वृद्धिसँगै सिंचाइ पहुँच विस्तारका लागि महत्वपूर्ण हुने बताउँदै आवश्यक बजेट सुनिश्चित गरिएको जानकारी दिए।
भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत माथिल्लो भूभागमा पुर्याई खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले यो आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। आयोजना पूर्ण भएपछिको प्रभावले कर्णाली प्रदेशको प्रमुख कृषि क्षेत्रको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
सरकारले चालु आर्थिक वर्षमा पनि यो आयोजना अघि बढाउन बजेट विनियोजन गरेको थियो। आगामी वर्षको बजेटमा थप रकम छुट्याइएपछि निर्माण कार्यमा तीव्रता आउने विश्वास लिइएको छ।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ १६ गते बिहिवार