काठमाण्डौ। सुनको भाउ आज दुई हजार रुपैयाँले घटेको छ । सुनकाे भाउ दुई हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ३० गते मङ्गलवार